मंगलबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
१० पुष २०८०, मंगलवार १२:०५

काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउपनि बढेको छ । सोमबार प्रतितोाल १ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँमा कायम भएको छ ।












