दुई सयले महंगियो सुन, कतिमा हुँदैछ कारोबार?
११ पुष २०८०, बुधबार ११:१४

काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला दुई सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २० हजार ७०० र तेजावी सुन प्रतितोला एक लाख २० हजार १०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउभने घटेको छ । मंगलबार प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार ४७५ रुपैयाँमा कायम भएको छ ।












