चितवनमा साइवर सेक्युरिटी एण्ड इनोभेसन रिसर्च सेन्टरको शाखा गठन

१२ पुष २०८०, बिहीबार १०:०८

काठमाडौं। विगत लामो समयदेखि साइवर सेक्युरिटीको क्षेत्रमा कार्य गर्दै आइरहेको आइटीसंग सम्वन्धी विज्ञहरुको संस्था ‘साइवर सेक्युरिटी एण्ड इनोभेसन रिसर्च सेन्टर’ ले चितवनमा शाखा गठन गरेको छ ।

चितवन स्थित अर्किड कलेजको हलमा संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दिनेश पण्डितको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा मञ्जु घले र कोषाध्यक्षमा विकल बराल निर्वाचित भएका छन् ।

यता सदस्यहरुमा आशिष खनाल, मिनिमाधव खनाल र सुदिप थपलिया रहेका छन् । कार्य समितिले खेम आचार्य र कृष्ण खनाललाई सल्लाहकारमा नियुक्ती गरेको छ ।

कार्यक्रममा संस्थापक संयोजक चिरञ्जीवी अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिदै प्रविधिको आविष्कारसँगै सम्भावनाको खोजी र यसबाट उत्पन्न हुनसक्ने जोखिमलाई कम गर्ने कार्यमा क्रियाशील हुने मुख्य उद्देश्यले स्थापना भएको यो संस्था प्रविधिसंग सरोकार राख्ने व्यक्ति तथा संस्थाको साझा थलो भएको बताए।

क्यानको महासचिव समेत रहेका आईटी विज्ञ अधिकारीले संस्थाको माध्यमबाट चितवनमा क्रियाशील प्रविधिसंग सम्बन्ध राख्ने क्रियाशील साथीहरू संगठित हुँदै सम्भावनाको खोजी र उपयोगमा सक्रिय हुनेमा विश्वस्त रहेको बताए ।

त्यसैगरी नवगठित कार्यसमितिका अध्यक्ष पण्डितले आगामी दिनमा संस्थाको माध्यमबाट यस क्षेत्रमा क्रियाशील आईटीसंग सम्बन्धित व्यक्तिहरु संगठित भै संस्थागत विकास र सम्भावनाको खोजीमा क्रियाशील हुने उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*