सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

१२ पुष २०८०, बिहीबार ११:२१

काठमाडौं । साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुन तोलामा तेह्र सयले महंगिदा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाला सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी एक तोला तेजावी सुनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन (बुधबार) एक तोला छापावाला सुन १ लाख २० हजार ७०० र एक तोला तेजावी सुनको मूल्य १ लाख २० हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*