बृहत च्याउ मेला तथा परिकार महोत्सव आज, ३० ओटा स्टल रहने

१५ पुष २०८०, आईतवार १०:१०

काठमाडौँ । आज आइतबार जावलाखेलमा एक दिने बहृत ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना हुँदैछ ।  च्याउ उत्पादक किसान संघ नेपालले  राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ प्रवर्द्धनका लागि आज (पुस १५ गते) ललितपुरस्थित जावालाखेल खेलमैदानमा उक्त मेलाको आयोजना गर्न लागेको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिने उक्त मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टलहरू रहने बताइएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ ।

च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिनेछ । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने जनाइएको छ । राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृति कार्यक्रमसमेत हुने भनिएको सो महोत्सवमा निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था पनि हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*