हाथवेको नयाँ संचालकका लागि निर्वाचन तालिका जारी, कसरी हुन्छ चयन ?

१५ पुष २०८०, आईतवार १३:५०

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले संचालकको निर्वाचन तालिका सार्वजनिक गरेको छ । कम्पनीले पुस २६ गते गर्ने साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

कम्पनीले पुस १६ गते १० बजे मतदाता नामावली प्रकाशन गर्नेछ । कम्पनीले मतदाता नामावलीमा दावी विरोध गर्ने समय पुस १६ गते ११ बजे देखि साढे दुई बजेसम्म तोकेको छ । त्यस्तै, कम्पनीले पुस १६ गते ३ बजे मतदाता नामावलीमा छानविन गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

कम्पनीका अनुसार पुस १९ गते बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ भने पुस १९ गते ३ बजे मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको सूची प्रकाशित हुनेछ ।

कम्पनीले उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने समय पुस २० गते बिहान १० बजे देखि १२ बजेसम्म निर्धारण गरेको छ । भने पुस २० गते ३ बजे मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गरी उम्मेदवारको नामावली प्रकाशित गर्नेछ ।

आफ्नो नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि कम्पनीले पुस २२ गते १० बजेदेखि १२ बजेसम्मको समय तोकेको छ । कम्पनीले पुस २२ गते ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ ।

पुस २६ गते साधारणसभाको दिनमा साधारणसभाको बन्दसत्र सकिएपछि कम्पनीले मतदान गर्ने, मतगणना गर्ने र परिणाम घोषणा गर्ने समय तोकेको छ । मतदान गर्ने, मतगणना गर्ने र परिणाम घोषणा गर्ने बाहेकका सबै निर्वाचन कार्यक्रम कम्पनीको कार्यालय लैनचौरमा हुने कम्पनीले प्रष्ट पारेको छ । मतदान गर्ने, मतगणना गर्ने र परिणाम घोषणा गर्ने कार्यक्रम भने साधारणसभा स्थल (लेनचौर ब्यान्क्वेट) मा हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*