पेट्रोलियम पदार्थको मूल्य यथावत्
१५ पुष २०८०, आईतवार २२:०८

नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु। ०।४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु। ०।१२ ले घटेर आएको छ । त्यस्तै एल। पी। ग्यासको मूल्यमा प्रति सिलिन्डर रु। ०।२० ले घटेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु। ३००।४१ नोक्सानी रहेको छ ।
पेट्रोलियम पदार्थको हकमा निगमको डिपो र कार्यालयदेखि १५ किलोमिटर तथा एल। पी। ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको छ ।












