दुई सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार?
१८ पुष २०८०, बुधबार १०:५०

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ।आज सुन प्रतितोला दुई सयले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख २० हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँमा कायम भएको छ ।

अघिल्लो दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँम कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यपनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।












