अन्ततः राष्ट्रघाती सम्झौतामा भारतसँग नेपालको हस्ताक्षर, काठमाडौंस्थित भारतीय दुताबासले छुट्टै सरकारको अभ्यास गर्ने

१९ पुष २०८०, बिहीबार १८:१३

काठमाडौं । नेपालले अन्ततः राष्ट्रघाती सम्झौतामा भारतसँग हस्ताक्षर गरेको छ । काठमाडौंस्थित भारतीय दुताबासले २० करोड रुपैयाँसम्मको विकास आयोजना सिधैं भारत सरकारको तर्फबाट नेपालमा सञ्चालन गर्ने गरी सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार अर्थ सचिव कृष्णहरि पुस्कर र काठमाडौंस्थित भारतीय राजदूत नविन श्रीवास्तवका बीचमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार सम्झौतापत्रमा हस्ताक्षर पछि काठमाडौंको लैनचौरमा रहेको भारतीय दुताबासले सिधैं आफैले विकास आयोजना निर्माण तथा सञ्चालन गर्न पाउनेछ । यसअघि शाही कालमा सुर्य बहादुर थापाको पालामा २०६१ सालमा जम्मा तीन करोड रुपैयाँसम्मको विकास आयोजना दुताबासबाट सिधैं गर्न पाउन गरी भारतसँग सम्झौता भएको थियो । त्यस्तै, अर्का राष्ट्रघाती भारतीय दलाल बनेर बिप्पा सम्झौता गर्ने बाबुराम भट्टराईको पालामा तीन करोडलाई बढाएर पाँच करोड पुर्याइएको थियो । अहिले पुनः बृद्धि गरी २० करोड पुर्याएको छ ।

सार्वभौम देशमा सार्वभौम सत्ता सम्पन्न सरकारले विकास परियोजना सञ्चालन गर्नुपर्नेमा छिमेकी देशको राजदूताबासले समानान्तर सरकार सञ्चालन हुँदै आएहको थियो । अहिलेको सरकारले उक्त समानन्तर सरकारको फैलावटलाई स्वीकृत प्रदान गरेर अर्को राष्ट्रघात गरेको छ ।

वर्तमान सरकारले गरेको राष्ट्रघाती कदमका विरुद्धमा देशैभरिका जनता आन्दोलनमा उत्रिन अधिवक्ता स्वागत नेपालले आह्वान गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*