विद्युतीय सवारीसाधन आयातमा कर बढाउने हल्लाको असर व्यापारमा देखियोः अध्यक्ष थापा
२० पुष २०८०, शुक्रबार १९:१७

काठमाडौं । नाडा अध्यक्ष ध्रुब थापाले विद्युतीय सवारीसाधन आयातमा कर बढाउने हल्ला चलेको बताएका छन । उनले नाडा अटोमोबाइल्स एसोसियसन नेपालको ४७ औं साधारणसभामा बोल्दै यस्तो बताएका हुन ।
उनले बर्षेनी बिद्युतीय सवारीसाधनमा करको दरमा हुने हेरफेरले ईभिमा आम उपभोक्ताको अविश्वास बढेको बताए ।सरकारको अस्थिर नीतिका कारण व्यवसायी विद्युतिय सवारीको ईकोसिसटम बनाउन डराईरहेको अव्स्था छ ।












