चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन

२३ पुष २०८०, सोमबार ११:४२

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ केन्द्रीय समिति गठन भएको छ । नाडाको अध्यक्षसमेत रहेका करण चौधरीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन गरिएको हो ।

पुस २० गते काठमाण्डौमा सम्पन्न भएको नाडाको ४७ औं वार्षिक साधारण सभाले करण चौधरीलाई अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वाचित गरेको थियो । त्यसैगरी सो साधारण सभाले १७ जना केन्द्रीय कार्य समिति सदस्यहरुलाई समेत सर्व सम्मत रुपमा निर्वाचित गरेको हो ।

पुस २२ गते नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम निबर्तमान अध्यक्षमा डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ ।

त्यस्तै, बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । यसैक्रममा सो बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।

त्यसैगरी, बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ । एता, मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*