आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२४ पुष २०८०, मंगलवार ११:१४

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्यभने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*