संघिय संस्कृति नीतिको मस्यौदा तयार

८ माघ २०८०, सोमबार १८:२२

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले संघिय संस्कृति नितिको नयाँ मस्यौदा तयार गरेको छ । संस्कृति ऐन २०६७ लाई संशोधन गर्न लागेको मन्त्रलयले मस्यौदा तयार गरेको हो ।

संस्कृति निति परिमार्जनका लागि कुलपति भूपाल राईको नेतृत्वमा मा बनेको समितिले सोमबार संस्कृति मन्त्री सुदन किरातीलाई मस्यौदाको प्रतिवेदन बुझाएको हो । समितिमा संयोजक नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपति भूपाल राई सदस्यहरु पूर्व व्यस्थापिका सांसद मल्लके सुन्दर, डा.अमर गिरी, डा.सुरेश श्रेष्ठ,डा.प्रेम खत्री, डा.वीणा पौड्याल, डा.डिल्ली ओली,डा.टेक गुरुङ, चलचित्र निर्देशक नवीन सुब्बा, देवशरण यादव, शिवराज रेग्मी रहेका थिए । मस्यौदालाई आगामी मन्त्री परिषदमा लगेर ऐन निर्माणमा लाग्ने मन्त्री सुदन किरातीले बताएकाछन् ।

यससंगै पर्यटन र हवाई निति संशोधनका लागि समेत समितिले काम गरीरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*