एसईई परीक्षा चैत १५ गतेदेखि शुरु हुने, यस्तो छ परीक्षा तालिका

९ माघ २०८०, मंगलवार १०:५०

काठमाडौँ । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १५ गतेदेखि शुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बोर्डले परिक्षाको तालिका समेत सार्वजनिक गरेको छ । सो परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परिक्षा चैत २७ गतेसम्म चल्ने बोर्डले सार्वजनिक गरेको तालिकामा उल्लेख गरीको छ ।

यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*