निर्देशन दिनमै ब्यस्त प्रधानमन्त्री प्रचण्ड, तत्काल चालक अनुमति पत्र दिन अर्काे निर्देशन

९ माघ २०८०, मंगलवार १२:१२

काठमाडौँ । पछिल्ला दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशन दिन ब्यस्त भएका छन् । हरेक दिनजसो केही न केही निर्देशन दिदै आएका प्रधानमन्त्रीले हिजो चालक अनुमति पत्र दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । उनका अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ ।

छपाइ कार्ड सकिएकाले सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ शुरु हुने जनाएको हो । चालक अनुमतिपत्र फारम भरेर परीक्षा पास गरिसकेका १४ लाखभन्दा धेरैले लाइसेन्स पाउन सकेका छैनन् ।

One thought on “निर्देशन दिनमै ब्यस्त प्रधानमन्त्री प्रचण्ड, तत्काल चालक अनुमति पत्र दिन अर्काे निर्देशन

  1. RAJAN says:

    ट्रुायल पास भएकोलाई लाइसेन्स दिन पनि अब प्र.म. को निर्देशन दिनु पर्ने भने पछि अव यो देशमा के बाँकी भयो त सु-सासनको नाममा ? सबै कुरा प्र.म. को निर्देशनमा चल्ने हो भने यति धेरै कार्यालय र कर्मचारीको औचित्य के हो त ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*