फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र निर्माबीच सम्झौता

९ माघ २०८०, मंगलवार २०:१७

काठमाडौं । पुनर्बीमा दलाल कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा)ं बीच रणनीतिक समझदारी भएको छ ।

दुई संस्थाबीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनीतिक समझदारी भएको हो ।

उक्त समझदारी माघ ९ गते फेडेरलको कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । सो सम्झौतापत्रमा फेडेरलको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा निर्माको तर्फबाट अध्यक्ष डा। रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तर चिन्ह पाएको आईएसओ ९००१ः२०१५ र इन्डियन चेम्बर अफ कमर्शबाट ब्रोकर अफर दी इयर २०२३ ९नेपाल० को उपाधी हासिल गरेको छ ।

त्यस्तै, बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताहरुको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको निर्माको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशन मार्फत बीमा उद्योगको प्रवर्द्धन गर्नु रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*