लगातार चार दिनसम्म सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
१० माघ २०८०, बुधबार १०:५७

काठमाडौँ । लगातार चार दिनसम्म नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । माघ ७ गतेदेखि स्थिर रहेको सुन माघ १० गतेसम्म स्थिर रहेको हो ।
बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।












