लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा, एसईईमा ३५ प्रतिशत ल्याउनैपर्ने

१० माघ २०८०, बुधबार ११:५३

काठमाडौँ । लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएको छ । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको हो ।

बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ । कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुनेछ ।

यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेका विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*