स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

११ माघ २०८०, बिहीबार १४:२९

काठमाडौं । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सप्तरीको रुपनी गाउँपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानविन सुरु गरेको थियो ।

छानविनको क्रममा सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क प्याड वितरणका लागि विनियोजन भएको बजेट अपचलन गरिएको खुल्न आएको अख्तियारले जनाएको छ ।

अख्तियारले रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्याम प्रसाद यादव, नायब सुृब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज, सप्तरी दोश्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहसमेतको मिलेमतोमा ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रा.लि. मोरङद्वारा उत्पादित प्याडलाई बद्नियतले १७ लाख ८५ हजार ९२८ रुपैयाँमा खरिद गरि ८ लाख ७४ हजार रुपैयाँ भ्रष्टाचार गरिएको दाबी गरेको छ ।

अख्तियारले आरोपीहरुलाई भ्रष्टाचार बराबरको रकम विगो कायम गरि बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*