फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी कार्यक्रम व्यवस्थापनका लागि सम्झौता

११ माघ २०८०, बिहीबार १५:२३

काठमाडौं । फोनपोइन्ट्स प्रा.लि. र फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरेका हुन् । यो सम्झौता माघ १० गतेदेखि लागु हुनेछ ।

सम्झौताअनुसार फोनपे फोनपोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ । फोनपोइन्ट्सले पारस्परिक रूपमा फोनपे प्रयोगकर्तालाई प्रशासन, व्यवस्थापन, र लोयल्टी पोइन्टहरू र पुरस्कारहरू समाहित गर्दै सेवाहरू प्रदान गर्नेछ ।

यस सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिनको लागि महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ । दुबै कम्पनीहरू इनोभशनलाई बढावा दिन, ग्राहक सन्तुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन् ।

फोनपोइन्टस् एक रिवार्ड व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायहरूलाई लोयल्टी कार्यक्रमहरूसँग संलग्न हुने तरिकामा क्रान्तिकारी परिवर्तन गर्ने लक्ष्य राख्छ । इनोभेशन, बहुमुखी प्रतिभा र विशिष्टतामा ध्यान केन्द्रित गर्दै फोन पोइन्टस्ले सबैका लागि रिवार्ड प्राप्त गर्ने अनुभवको व्यापक समाधान गर्दछ ।

फोनपे नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको सबैभन्दा ठुलो भुक्तानी नेटवर्क हो,जसले भुक्तानी प्रणाली सञ्चालकको रूपमा सेवा गर्दछ । इन्टरअपरेबल नेटवर्कका साथ फोनपेले बैंकिङ र वित्तीय संस्थाहरू, डिजिटल वालेटहरू, उपभोक्ता र व्यापारीहरूलाई जोड्ने काम गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*