गण्डकीबाट महिला क्लष्टरमा माओवादीकी मनरुपा विजयी, गठबन्धनका मतदाताबाटै विपक्षीलाई भोट

११ माघ २०८०, बिहीबार १६:५३

कास्की । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट महिला क्लष्टरतर्फ सत्तारुढ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार भएको मतदानमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भइन् । शर्मालाई स्थानीय तहबाट ९५ र प्रदेशसभा तर्फबाट ३५ जनाले मत दिएका थिए ।

निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरे ।

स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनै पनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदान गर्न गएनन् ।

यस्तै, अन्यतर्फको क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगतारअल्पसंख्यकतर्फ पदमबहादुर परियार विजयी भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*