कोशीमा राप्रपाको समर्थन पाएकी एमाले उम्मेदवार कोइराला निर्वाचित

११ माघ २०८०, बिहीबार १७:०९

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

महिला क्लष्टरतर्फ माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले हराएकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २ हजार ५९७ मतभार र कार्कीले २ हजार ३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए ।

एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख दुवैथरिले मतदान गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*