मधेश प्रदेशमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपा नेताकी छोरी पूजा विजयी

११ माघ २०८०, बिहीबार १७:२२

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्यतर्फको क्लष्टरमा ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए ।

एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभार पाइन् । उनलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ ।

महिला क्लष्टरतर्फ सत्ता गठबन्धन उम्मेदवार चौधरीले ७ हजार ९२३ मतभार पाएर विजयी भइन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ ।

पूजा जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन् । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ कायम गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*