बागमतीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी

११ माघ २०८०, बिहीबार १७:२९

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट महिला क्लष्टरमा कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।

बिहीबार भएको मतदानमा पुडासैनी ६ हजार ६२२ मतभारसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी एमालेकी रोचकुमारी चौलागाईंले २ हजार ५५२ मतभार पाइन् ।

यस्तै, दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । रिजाल ६ हजार ५१२ मतभारसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका धु्रवराज विकले ३ हजार ५२ मतभार प्राप्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*