इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सुनार पक्राउ
१२ माघ २०८०, शुक्रबार १२:५१

काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष सुनार प्रक्राउ परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट पक्राउ गरेको हो ।












