धरहराको भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला

१३ माघ २०८०, शनिबार १७:०४

काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावर ९साबिक पुरानो बसपार्क० मा पनि निःशुल्क पार्किङ सेवा छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निस्शुल्क पार्किङ उपलब्ध हुने पाण्डेले बताए ।

‘सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौं’, उनले भने । शहीद गेटबाट न्यूरोड जाँदा बाँयापट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ जाँदा पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*