नेपाल आयल निगमको साधारण सभा फागुन ६ गते, के–के छन् एजेण्डा ?

१४ माघ २०८०, आईतवार ११:१९

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले ४२औं वार्षिक साधारण सभा फागुन ६ गतेका लागि बोलाएको छ । सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिहंदरबार काठमाडौँमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७९।०८०को वासलात, नाफा–नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

साथै, भसामा सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरु तथा संचालकहरुको तर्फबाट एक–एक जना प्रतिनिधि तोक्ने समेत एजेण्डा सभाको कार्य सूचीमा समावेश गरीएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*