आँखुखोला जलविद्युतको विद्युत बिक्री आम्दानी घट्यो, कस्ता छन् अन्य सूचक ?

१४ माघ २०८०, आईतवार ११:५४

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचक घटेका छन् ।

पुष मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा ४२.८५ प्रतिशतले घटेर १ करोड ५२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २ करोड ६६ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १२.०४ प्रतिशतले घटेर १० करोड ७६ लाख १ हजार रुपैयाँमा आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १२ करोड २३ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा ९.११ प्रतिशतले घटेर ७ करोड २४ लाख ५७ हजार रुपैयाँमा सीमित समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ, जगेडा कोष २३ करोड १८ लाख ४२ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*