दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले रित्त रहेको अध्यक्ष पदका लागि दरखास्त आव्हान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गर्दै उक्त पदका लागि आवेदन माग गरेको हो ।
दरखास्त दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धीत क्षेत्रमा १० वर्षको अनुभव भएको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको ब्यक्ति हुनुपर्नेछ ।
सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव भएका व्यक्तिलाई आवेदन दिन भनिएको छ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १४ गते) ले सात दिन भित्र आवेदन दिन सकिनेछ ।