२२ ठेकेदार कम्पनी कालो सूचीमा, १ देखि ३ वर्षसम्म प्रतिबन्ध

१५ माघ २०८०, सोमबार १०:५२

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । कार्यालयको माघ १४ गतेको निर्णयानुसार कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजै (माघ १५ गते) देखि लागु हुने गरी कालो सूचीमा राखेको हो ।

कार्यालयले चार ठेकेदार कम्पनीलाई तीन बर्ष, पाँच ठेकेदार कम्पनीलाई दुई वर्ष, अर्काे पाँच ठेकेदार कम्पनीलाई डेढ वर्ष र ८ ठेकेदार कम्पनीहरुलाई एक वर्षका लागि कालो सूचीमा राखेको हो ।

कालो सूचीमा राखिएको अवधिसम्म उक्त ठेकेदार कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*