भोलि ललितपुरका यी स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने

१५ माघ २०८०, सोमबार १२:४८

काठमाडौँ । भोलि अर्थात् माघ १६ गते ललितपुरका केहि स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । लगनखेल वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्नेस्थानहरुमा भोलि विहान ११ बजे देखि १ बजे विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

लगनखेल वितरण केन्द्रको कार्यक्षेत्र भित्र नयाँ निर्माण गरिएको हात्तिवन फिडरमा सातदोबाटो,रेडियो नेपाल , खुमल्टाट फिडरको लोड सिफ्ट गर्ने कार्यको लागि फिडरहरु सटडाउन गरि कार्यहरु गर्नु पर्ने भएकोले लाइन काटिने भएको हो ।

ललितपुरको सातदोबाटो, हात्तिवन,रिड्रृरोड,सेतिपाखा,खुमलटार,जेम्स सकुल लगायतका एरियाहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*