मन्दिर दर्शन गर्दै हिँडेका दुर्गा प्रसाईं र पूर्वराजा ज्ञानेन्द्रबीच केराघारीमा भेट

१५ माघ २०८०, सोमबार १५:०४

काठमाडौं । काठमाडौंका विभिन्न पीठहरुको दर्शनपछि नागरिक बचाउ अभियन्ता दुर्गाप्रसाइले पुर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । राति सपनामा गोरखनाथको दर्शन पाएको भन्दै उनले चाँडै मुलुकले नरेश पाउने’ संकेत प्राप्त भएको भनी फेसबुकमा स्टाटस लेखेकै दिन पूर्वराजा भेटेका हुन् ।

त्यसअघि उनले आइतबार वसन्तपुर पुगेर गोरखनाथ पादुका, गोरखनाथ पीरपाटी र काल भैरवको दर्शन गरेका थिए ।

प्रसाईले पूर्वराजा ज्ञानेन्द्रसँगको भेटपछि आफ्नो फेसबुक पेजमा फोटो पोष्ट्याउँदै ‘श्री ५ महाराजधिराजसँग अर्थपूर्ण’ भेट भएको भनी स्टाटस लेखेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराजसँगको अर्थपूर्ण भेट । लधुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ ।’

पूर्वराजा ज्ञानेन्द्रको निमन्त्रणमा प्रसाई शाहलाई भेट्न आइतबार बेलुकी पर्सा पुगेका थिए । सोमबार बिहान पूर्वराजासँग प्रसाईले भेट गरेका हुन् । प्रसाईं पछिल्लो समय राजसंस्था पुनःस्थापना तथा वित्तीय सस्ंथाको ज्यादतीविरुद्ध नागरिक बचाउ अभियान चलाउदै आएका छन् भने पूर्वराजा ज्ञानेन्द्रले देश दौडाहतर्फ सक्रियता बढाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*