अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोल्ने सरस्वती खड्का प्रहरी नियन्त्रणमा
१५ माघ २०८०, सोमबार १७:०६

काठमाडौँ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी उक्त आरोपमा कागेश्वरी मनोहरा नगरपालिका–२की ४० वर्षीया सरस्वती खड्कालाई पक्राउ गेको हो ।
उनले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












