प्रमुख प्रशासकीय अधिकृत सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१५ माघ २०८०, सोमबार १८:४२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सारुसहित इन्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सब–इन्जिनियर हस्तबहादुर मल्ल, वडानम्बर ८ का वडाध्यक्ष कर्ण रावल, वडानम्बर ७ का सदस्य पशुपति शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल, कोषाध्यक्ष बिजुली मल्ल, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत र सदस्य हजरकला कामी, विरुद्ध पनि मुद्दा दायर भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*