टियूको परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन शुरु

१५ माघ २०८०, सोमबार १८:४६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन शुरु गरेको छ । अब विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो । अनलाइन सेवाको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान शुरु भएको बताए ।

यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुमा रहेको कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा शुरु भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउने जस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*