आज सहिद दिवस

१६ माघ २०८०, मंगलवार ०८:३३

काठमाडौँ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*