सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

१६ माघ २०८०, मंगलवार ०८:४१

काठमाडौं । आज अर्थात माघ १६ गतेदेखि देशभरका सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको थियो ।

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । शुक्रबारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुल्ला रहने छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*