नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २० लाख कित्तासेयर बिक्री खुला गरेको हो ।
उक्तका लागि न्यूनतम २८० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात संकलन गरी थापागाँउ स्थित कार्यालयमा निवेदन दिनुपर्नेछ ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।












