बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१६ माघ २०८०, मंगलवार १०:४७

काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*