नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै
१६ माघ २०८०, मंगलवार १३:३४

काठमाडौँ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) का अनुसार भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा नेपाल कायमै रहेको जनाएको हो ।
सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल १०० मध्ये ३५ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको १०८ औं स्थानमा छ । सन् २०२२ मा ३४ अंक पाउँदै नेपाल ११० औं स्थानमा थियो ।
सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो ।