टुङ्गो लाग्यो तेस्रो लगानी सम्मेलनको नाम र लोगो
१६ माघ २०८०, मंगलवार १३:३८

काठमाडौं । तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको हो ।
लगानी सम्मेलनको लोगो समेत टुङ्गो लगाएको छ । लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति रहेको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय रहेको छ ।