आज शहिदहरूले देखेका सपना र अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्य पूरा गर्न सङ्कल्प गर्ने दिन होः प्रधानमन्त्री

१६ माघ २०८०, मंगलवार १४:३५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन रहेको बताएका छन् । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा उनले आजको दिन शहिदहरूले देखेका सपना र अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका हुन् ।

“नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ प्रधानमन्त्रीले भने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*