सडक डिभिजनका तत्कालीन सिडिई चौधरीलाई अकुत सम्पत्ति कमाएको भन्दै तिरायो २ करोड ४४ लाख जरिवाना

१६ माघ २०८०, मंगलवार १४:५१

काठमाडौं । सडक डिभिजन कार्यालय मोरङका तत्कालीन डिभिजन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीले पदको दुरुपयोग गरि अवैध रुपमा अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पत्रमाथि सुनुवाई गर्दै विशेष अदालतका न्यायधीशत्रय टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरी ६ महिनाको कैद सजाय सुनाएको हो ।

चौधरीबाट २ करोड ४४ लाख ९३ हजार ७६५ रुपैयाँ जरिबाना असुल गर्न समेत आदेश दिएको अदालतले जनाएको छ । अख्तियारले २०७६ साल फागुन ५ गते सिडिई चौधरीले ३ करोड ९९ लाख ४४ हजार ३४२ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*