पाटन उच्च अदालतमा हाजिर भएको दुई दिनमै न्यायाधीश मरासेनीको हृदयघातले निधन

१६ माघ २०८०, मंगलवार १५:३०

काठमाडौं । हृदयघातका कारण पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । हृदयघात भएपछि अस्पताल लगिएका मरासेनीको मंगलबार अस्पतालमै निधन भएको हो ।

न्यायाधीश मरासेनीलाई बिहान एक्कासी हृदयघात भएको थियो । हृदयघातपछि कलंकीको नेशनल अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

५६ वर्षीय मरासेनी सरुवा भएर दुई दिनअघि मात्रै पाटन उच्च अदालतमा हाजिर भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*