कस्तो छ गुडविल फाइनान्सको वार्षिक साधारण सभाको ‘माइन्यूट’ ?
१६ माघ २०८०, मंगलवार १५:४४
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले २९औं वार्षिक साधारण सभा माघ १५ गते सम्पन्न भएको छ । सभा गुडविल कम्प्लेक्स् हात्तिसार काठमाडौँमा सम्पन्न भएको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।