इलामबाट एक युवा पक्राउ, १ अर्ब ४९ करोडको क्रिप्टो करेन्सी कारोबार गरेको रेकर्ड भेटियो

१६ माघ २०८०, मंगलवार १५:५०

काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवालाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले जनाएको छ ।

क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*