बालेन पशुपतिनाथको जग्गा हडपेर बनेका आलिशान भवनहमा डोजर चलाउन तयार, मन्त्री किरातीले आँट गर्लान् ?

१६ माघ २०८०, मंगलवार १७:०४

काठमाडौं । एक पछि अर्को विवादमा फस्दै गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका आलीशान महल तथा अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।

सोमबार विभागीय मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले ती संरचना हटाउन निर्देशन दिएका हुन् ।

यस सम्बन्धमा लिखित निर्णय गराएर मन्त्री किरातीले कोषको जग्गा हडपेर व्यावसायिक संरचना खडा गरेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका दिए ।

तत्काल कानूनी प्रक्रिया अपनाएर अवैधानिक संरचना तथा व्यक्तिले जग्गा हडपेर बनाएका आलिशान घर खाली गराउने भन्दै बोर्डले आधिकारिक निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ गाँचापोखरीस्थित साविक कित्ता नं ९३, हालको कित्ता नं १०२, ३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरि ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर आलिसान घर बनाई भोगचलन गर्दै आएका छन् ।

त्यस्तै, वडा नं ३ भगवानस्थानमा साविक कित्ता नं ५१ बाट हालको कित्ता नं १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएका पाइएको छ ।

सिफलस्थित लामापोखरीमा रहेको कित्ता नं १३५, १८०, ८३ मा समेत व्यक्तिको रजाइँ छ । उता पशुपति गुठीका कयौँ जग्गाहरु रैकर भएर विक्री नै भइसकेका छन् ।

कोषको जग्गामा रहेका संरचना हटाउन कानूनी प्रक्रिया पूरा गरेर प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने निर्णय समेत बोर्डले गरेको छ । बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्राविधिक मूल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेका संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताए ।

गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको ५ सय ३४ रोपनी जग्गामध्ये हराएको २९ रोपनी जग्गा खोज्नका लागि मन्त्रालयले समिति गठन गर्ने निर्णय बोर्डले गरेको छ । हराएको जग्गा खोजीका लागि पूर्वसचिवस्तरीय उच्च समिति गठन गरिने मन्त्री किरातीले बताए ।

विवादित पशुपति आर्यघाटको आरतीको विषयमा सत्यतथ्य छानबिन गरी निर्णय खारेज गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्य अध्ययन समिति बोर्डले गठन गरेको छ ।

कोषका सदस्यसचिव राजु खत्रीका अनुसार वर्षौंदेखि कोषको जग्गा व्यक्तिले शक्ति केन्द्रको प्रभावमा हडपेर व्यावसायिक तथा निजी प्रयोजनका लागि जग्गा भोगचलन गर्दै आएको बताएका छन् । ती जग्गा खाली गरेर पुराना प्राकृतिक संरचना कायम गर्न महानगरपालिकासँग सहकार्य गरिने कोषका सदस्य सचिव खत्रीले बताए ।

ललितपुरमा पशुपति गुठीका जग्गा व्यक्तिले रैकर गरेर विक्री गरेका छन् । पशुपतिबारे एउटा भनाई नै छ । ‘पशुपतिनाथको दर्शन गर्दा झुक्एिर मुखमा एक थोपा जल परे पनि शिव सख खाए बराबरको पाप लाग्छ’ भनिन्छ । तर, पशुपतिनाथको दान भेटीदेखि, जग्गा हडप्नेसम्मका ज्यादती हुँदा समेत अहिलेसम्म कसैलाई कारबाही हुन सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*