भाटभटेनीले कर, जरिवाना र ब्याज बापत करिव २ अर्ब रुपैयाँ राज्यकोषमा बुझाउनुपर्ने

१६ माघ २०८०, मंगलवार १८:१४

काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि छ ।

न्यायाधीशहरु डा.कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले भाटभटेनीको फैसलालाई सदर गरेको हो । यस फैसला भएपछि अब भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत करिव २ अर्ब रुपैयाँ हाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*