वैदेशिक रोजगारमा रहेकालाई सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, ५ हजार ३४० जनालाई ५० कित्ता शेयर

१७ माघ २०८०, बुधबार १०:२६

काठमाडौं ।सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो।

आईपीओ बाँडफाँड आज (माघ १७ गते) बुधबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको हो।

कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म नेपाल सरकारबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँमा २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

उक्त निष्काशित शेयरमा जम्मा ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। सोमध्ये १४ आवेदन रद्द भएको छ भने ३३ हजार ८१० आवेदन स्वीकृत भएको छ ।

यसरी स्वीकृत भएको ३३ हजार ८१० आवेदनमध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*