रानी जमरा कुलरिया आयोजनाबाट उत्पादन ४.७५ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडियो

१७ माघ २०८०, बुधबार ११:३५

काठमाडौँ । रानी जमरा कुलरिया सिचाइ आयोजनाको विद्युतगृह (४.७१ मे.वा.) बाट उत्पादन भएको विद्युत माघ १६ गतेदेखि राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

यस केन्द्रबाट वार्षिक करिब ४२ गिगावाट हावर विद्युत उर्जा उत्पादन हुने अनुमान रहेको छ । १२ महिना एकनाशको विद्युत उत्पादन हुने भएको र महेन्द्रनगर (कञ्चनपुर) देखि लमही (दाङ्ग) सम्मको पश्चिम तराइमा भएको एकमात्र विद्युतकेन्द्र (पावरहाउस) हो ।

यसको उचित व्यवस्थापन गर्न सकिएमा यो क्षेत्रको भरपर्दो विद्युत आपूर्ति गर्नमा यसको महत्वपूर्ण योगदान हुने जनाइएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*